१५ चैत्र २०८०, बिहीबार
Follow Us

गोलीसहित समातिएका प्रकाण्डका छोरालाई तत्काल रिहा गर्न माग

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १२:५०

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् नेकपा प्रवक्ता प्रकाण्डपुत्र नरेन्द्र बिकलाई अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेको छ ।
शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दे संगठनले माघ १७ गते (हिजो) साँझ विराटनगरबाट काठमाडौँ फकिने व्रmममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले अहिलेको सरकारले प्रहरी लगाएर अपहरण शैलीमा विश्वकर्मालाई गिरफ्तार गरेको भन्दै पनि आरोप लगाए ।
उनले भने,‘कमरेड नरेन्द्रको गिरफ्तारी प्रतिव्रmान्तिको एउटा अमानवीय हर्कत हो र व्रmान्तिकारीहरुलाई झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि व्रmान्तिको प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु वर्तमान सामाजिक दलाल पुँजीवादी सरकारको दिवा सपना मात्र हो ।’
उनले सत्तामा रहेकाहरुलाई दलालको संज्ञा दिँदै उनीहरुले देशको पैसा मनोमानी हिसावले खाईरहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘हामीले स्वाधिनता र राष्ट्रको लागि गरेको काम देखि नसहने ?’
उनले विश्वकर्माको तुरुन्त रिहाईको माग गर्दे हिजो क्रान्तिकारीमाथि धावा बोल्दाको अवस्थाको स्मरण गर्न पनि सरकारलाई सचेत गराए । उनले वर्तमान सरकार विचार, मुल्य, मान्यता र आदर्शबाट पुरै विचलित भएको पनि आरोप लगाए ।
विशवकर्मा गोलीसहित समातिएको प्रहरीको भनाई छ ।