४ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारले वास्ता नगरेपछि अनसन तोड्ने तयारीमा डा केसी

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १३:१६

काठमाडौं– २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले एकपक्षीय रुपमा अनसन तोड्ने तयारी गरेका छन् । सरकारले उनलाई अनसन तोडाउन कुनै पहल नगरेको बरु केसीको माग सबै पूरा भइसकेको प्रतिक्रिया दिएपछि अप्ट्यारोमा परेका थिए ।
सरकारले केसीको मागसँग जोडिएको चिकित्सा शिक्षा विधेयक संसदको दुबै सदनबाट पारित गरिसकेको छ । त्यसपछि केसीलाई अनसन तोड्न चौतर्फी दवाव परेको थियो ।
केसीलाई बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवाले भेटेर अनसन तोड्न आग्रह गरेका थिए भने आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काँग्रेस नेता रामचन्द्र पौडेल पूर्वराष्ट्पति रामबरण यादव लगायतले भेटेर अनसन तोड्न आग्रह गरेका थिए ।