७ बैशाख २०८१, शुक्रबार
Follow Us

नवनियुक्त राजदूत सुवेदीद्धारा आभार ब्यक्त

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार १५:४८

लन्डन । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले आफ्नो नियुक्ति पछि बधाई तथा शुभकामना दिने शुभचिन्तक तथा आफन्त प्रति आभार ब्यक्त गरेका छन् । क्षेत्रीले शुक्रवार दिउँसो नेपाली दूतावास लन्डनको फेसबुक टाइमलाइन मार्फत जारी विज्ञप्तिमा आफु सबै प्रति कृतज्ञ भएको जनाएका हुन् ।

उनले संयुक्त अधिराज्य(बेलायत)का लागि नेपालको राजदूतमा नियुक्ति भएको अवसरमा मलाई बधाई तथा शुभकामना दिनुहुने हजुरहरु सबैमा म हार्दिक आभार र सादर कृतज्ञता व्यक्त गर्न चाहन्छु भनेका छन् ।

विज्ञप्तिमा तीस वर्ष लामो नेपाल सरकारको परराष्ट्र सेवाको मेरो अनुभव, योग्यता र क्षमताको प्रयोग गरी नेपाल र संयुक्त अधिराज्यबीच रहेको दौत्य सम्बन्धलाई अझ सदृढ र सुमधुर बनाउँदै नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग र सदभावना जटाउन म सदैव प्रतिवद्ध र प्रयत्नशील रहने छु भनिएकाे छ ।

साथै संयुक्त अधिराज्यमा रहनुहुने सबै नेपाली दाजभाई तथा दिदीबहिनीहरुको हक, हित र कल्याणका लागि प्रतिवद्ध रहँदै नेपाली दाजभाई तथा दिदीबहिनीहरुको ज्ञान, सीप र पूँजीलाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्न म क्रियाशील रहनेछु । मलाई हजुरहरु सबैको अमूल्य सुझाव, सहयोग र साथ प्राप्त हुनेछ भन्ने विश्वास गरेको छु उल्लेख गरेका छन् ।