१३ बैशाख २०८१, बिहीबार
Follow Us

लक्की शेर्पाको राजीनामा स्वीकृत

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १५:२३

काठमाडौँ– सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए ।
मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।
परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो ।