११ बैशाख २०८१, मंगलवार
Follow Us

अमेरिका रूससँग भएको आएनएफ सन्धिबाट फिर्ता हुने घोषणा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७५, शुक्रबार १५:४६

वासिङ्टन– शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ ।

अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ ।

शनिबारदेखि लागुहुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ ।

आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी छ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ ।