१२ बैशाख २०८१, बुधबार
Follow Us

अब फरक रुपमा लड्छु : डा.के.सी.

sarusaru
१९ माघ २०७५, शनिबार ०२:५५

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा गोविन्द केसीले १६ औँ अनशन २४ औँ दिनमा तोडेका छन्।
केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

अनसन तोड्दै उनले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन्।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन्।

शुक्रबार दिनभरिजसो पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, चिकित्सा शिक्षा आयोगका प्रमुख केदारभक्त माथेमालगायत नागरिक अगुवाहरुले डा केसीलाई अनशन तोड्न आग्रह गरेका थिए।

‘नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डा गोबिन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाइ स्थगन गर्ने निर्णय लिनुभएको छ। यस अभियानमा सघाउने सम्पूर्णलाई हृदयदेखि नै धन्यबाद’, उनका शुभचिन्तक डा अभिषेकराज सिंहले ट्विटरमा लेखेका छन्।
डिसी नेपाल