७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिवियामा तैनाथ नेपाली शान्तिसेना बन्धक बनाइएका ५ नेपालीको उद्दार प्रयासमा

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार ०२:४१

काठमाडौँ– लिवियामा महिना दिनदेखि बन्धक बनाइएका पाँचजना नेपाली युवाको उद्धार गर्न सरकारले ‘कूटनीतिक प्रयास’ शुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा युरोप हिँडेका म्यादीका धिरज थापा र अमन लोज , पर्वतका रञ्जीत केसी, सुरेश केसी र ओम गुरुङलाई लिवियामा क्रियाशील स्थानीय एजेन्टले बन्धक बनाएका हुन् ।
परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईका अनुसार, बन्धक बनाइएका पाँचैजनालाई सकुशल उद्धार गर्न इजिप्टस्थित नेपाली राजदूतावासबाट कूटनीतिक प्रयास भइरहेको छ । गत भदौमा इटाली जान भनेर काठमाडौंँबाट दुवाई हिँडेका ती युवा पुसको पहिलो हप्ता लिविया पुगेका थिए ।
पीडित युवाका आफन्तहरूका अनुसार, लिवियाबाट पैदल तथा जलमार्ग प्रयोग गरी युरोप लैजाने क्रममा त्यहाँ सक्रिय अर्को मानव तस्कर समूह ९एजेन्ट० ले पाँचैजनालाई कब्जा लिई बन्धक बनाएको हो ।
बन्धक बनाउने समूहले जनही एकहजार अमेरिकी डलर फिरौती माग गरेको बताइएको छ । पीडितका आफन्तहरू गुनासो तथा उजुरी लिएर परराष्ट्र मन्त्रालय र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ आएपछि सो घटना बाहिर आएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, वैदेशिक रोजगारका नाममा पाँचजना युवासँंग जनही १३ लाख ८० हजार रुपियाँ उठाउने मुख्य अभियुक्त पर्वतका जीतकाजी गुरुङ फरार छन् । उनको खोजी भइरहेको छ ।
गुरङका सहयोगी जसध्वज गुरुङ पोखराबाट र सन्तोष पराजुली काठमाडौँबाट पक्राउ परेका छन् । जीतकाजीले नै इटालीमा बसोवास गर्दै आएकी आफ्नी दिदीले जागिर लगाइदिने भन्दै विश्वासमा पारी लिविया पु¥याएको भनाइ प्रहरीको छ ।
लिवियामा तैनाथ नेपाली शान्तिसेनाले समेत बन्धक बनाइएका युवाको उद्धारको प्रयास गरिरहेको जानकारी दिएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।