१३ बैशाख २०८१, बिहीबार
Follow Us

इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार १५:४१

तेहरान– इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ ।
एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन ।
इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ ।
“होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,” इरानी रक्षा मन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । टेलीभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो ।