७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनद्धारा जापानमा खपाँगी र प्रसाईं सम्मानित

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार १५:५०

लन्डन ।लामो समय देखि विभिन्न पेशामा कार्यरत जापानमा बसोबास गर्दै आईरहेका नेपाली एनआरएन टोलीले नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं लाई जापान स्थित टोकियो शहरमा एक विशेष कार्यक्रम बिच सम्मान गरेकाे छ ।

जापानमा बसोवास गरिरहेका एनआरएनका महा(सचिव बुद्धी राज घिमिरे ,ब्यवसायी शिव पौडेल,कुमार कार्की, रुपेन्द्र महर्जन, नरेश महर्जन, लखन रिजाल, सरोज प्रधान , रन्जित प्रधान लगायत सयौंको संख्यामा उपस्थित जापानमा वसोबास गरिरहेका नेपालीहरुले फूल,माला ,खादा, अविर लगायर सम्मान गरेका थिए ।
सम्मान कार्यक्रम पछि नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगीले यो सम्मान ले आगामी दिनका निम्ति एउटा थप जिम्मेवारी थपिनुका साथै आफुहरुलाई थप हौसला प्रदान भएको र एनआरएनका निम्ति ऋणि भएको बताए ।

त्यसैगरी करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं ले यस प्रकारको सम्मानले हामी नेपालीहरु जहाँ रहेतापनि एकीकृत रहेको सन्देश दिएको बताए ।
नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं गत शनिवार जापानका ग्र्याण्ड मास्टरहरु मसाया कोहामा र मासुमित्सु कुदाका को विशेष निमन्त्रणामा जापान प्रस्थान गरेका थिए । उनिहरु शनिवार स्वदेश फर्कनेछन् ।