१६ चैत्र २०८०, शुक्रबार
Follow Us

न्युक्यासलमाथि १–० को जित निकाल्दै टोट्टनहाम लिगको दोस्रो स्थानमा

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार १५:५५

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलमा टोट्टनहामले न्युक्यासलमाथि १–० को जित निकालेको छ । योसँगै टोट्टनहाम लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलका टोट्टनहामको कठिन जितमा कोरियन खेलाडी सन हिउ मिनले ८३औं मिनेटमा निर्णायक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

यसजितसँगै टोट्टनहामले २५ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष टोली लिभरपुुलको ६१ अंक छ ।