१५ चैत्र २०८०, बिहीबार
Follow Us

बिदाको दिन चलाइएका ३ सरकारी गाडी नेवि संघको नियन्त्रणमा

sarusaru
२० माघ २०७५, आईतवार ०२:२५

काठमाडौं । बिदाको दिन गाडी चलाएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तीनवटा गाडी नियन्त्रणमा लिएका छन् ।

नेविसंघले सचिव शिशिर ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडी लाजिम्पाट नियन्त्रणमा लिएको हो ।

त्यस्तै नेविसंघले लौनचौरबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ । नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुखको बा २ झ ४१८८ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।

शनिबार सरकारी गाडीको दुरुपयोग रोक्ने सरकारी गाडी नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।