१२ बैशाख २०८१, बुधबार
Follow Us

कंगनाले छाडेका फिल्मले बनायो रेकर्ड

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार ०५:२०

मुम्बई – पछिल्लो समय अभिनेत्री कंगनाको बलिउडमा निकै चर्चा छ । कन्ट्रोभर्सीका कारणले भन्दा पनि उनले दिएको हिट फिल्मका कारणले उनको चर्चा चुलिएको हो ।
केही दिन पहिले रिलिज भएको कंगनाको फिल्म ‘मणिकर्णिका’ले पनि बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । केही बर्षयता कंगनाका फिल्म सुपरहिट भइरहेका छन् ।
कंगना बलिउडकी ति अभिनेत्री हुन् । जो अफर आएको धेरै फिल्म छोड्ने गर्दछिन् । उनले फिल्म छोड्नुको मुख्य कारण महिलाको भूमिका कमजोर भन्ने रहने गरेको छ ।
२०१६को सबैभन्दा बढि कमाउने फिल्म ‘सुल्तान’मा अनुष्काले निर्बाह गरेको भुमिका पहिले कंगनालाई अफर गरिएको थियो । तर कंगनाले फिल्म अभिनय अस्वीकार गरेपछि अनुष्का भित्रिएकी थिइन् ।

कंगनालार्ई संन्जुको लागि मान्यता दत्ताको भुमिका अफर गरिएको थियो । तर उनले फिल्म अभिनय गर्न रुचाइन् । यो फिल्ममा उनको भुमिका सानो थियो । फिल्ममा यो भुमिका दिया मिर्जाले निर्बाह गरेकी थिइन् ।

२०११ को सबैभन्दा चर्चित फिल्म मध्यको एक थियो डर्टी पिक्चर । यो फिल्ममा पहिलो पटक बिद्या बालनले निकै बोल्ड सिन दिएकी थिइन् । बिद्याले निर्बाह गरेको भुमिका पहिले कंगनाको हातमा परेको थियो । तर गीतका कारणले उनले यो फिल्म छोडेकी थिइन् ।

इरानी निर्देशकले बनाएको फिल्म ‘बादलो से परे’ शाहिद कपुरको भाई इशान कट्टरको पहिलो फिल्म थियो । निर्देशक भने अस्कर नोमेनिज थिइन् । फिल्मका लागि अभिनेत्री पहिले कंगन चयन भएक थिइन् । उनले अवीकार गरेपछि फिल्ममा मालविका मोहनन भित्रिएकी थिइन् ।

निर्देशक आनन्द एल रायले कंगना लिएर तानु वेड्स मनु निर्माण गरेका थिए । त्यसैले जीरोका लागि पहिले कंगनालाई अफर दिइएको थियो । तर उनले फिल्म अभिनय गर्न मानिन् । त्यसपछि फिल्ममा अनुष्का शर्मा जोडीएकी हुँन् ।