१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकार बिरुद्द लण्डनमा प्रर्दशन हुने

sarusaru
२० माघ २०७५, आईतवार ०५:४१

लण्डन । नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले सरकार बिरुद्द लण्डनमा प्रर्दशन गर्ने भएको छ । समितिले सोमबार लण्डन स्थित नेपाली दुतावास मार्फत् नेपाल सरकारलाई बिरोधपत्र बुझाउँदै सरकार बिरुद्ध प्रर्दशन गर्न लागेको हो । नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङ्गका अनुसार समितिले देशमा बढ्दै गएको हत्या, हिंसा र भ्रष्टचारका बिरुद्धमामा सो प्रर्दशन गर्न लागेको हो ।

समितिले वेलायतस्थित नेपाली समुदायलाई सोमबार दिउँसो साढे चार बजे लण्डनस्थित नेपाली दुतावासमा उपस्थित हुन आग्रह गरेको छ । समितिले नेपाली दुतावास लण्डन मार्फत प्रधानमन्त्री के.पि. ओलीलाई ज्ञापनपत्र दिने तयारी गरेको छ ।