१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारी गाडीमा आगजनी गलत : कांग्रेस नेता, गगन थापा

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार ०६:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल विद्यार्थी संघको आलोचना गर्नुभएको छ । आन्दोलनका नाममा सरकारी गाडीमा आगजनी गरेको विषयको सर्वत्र चर्को आलोचना भईरहेका बेला नेता थापाले सामाजिक संजालबाट सो कार्य गलत भएको टिप्पणी गर्नुभएको हो ।

नेता थापालाई नेविसंघले गरेको कार्यमा तपाईको टिप्पणी के हो भनेर सोधिएको प्रश्नमा उहाले भन्नुभएको छ,‘किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ ।’ साथै नेता थापाले यस्तो कामलाई दुरुत्सहान गर्न आफु डटेर लाग्ने समेत बताउनु भएको छ ।