१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मालपोत कार्यालय जलेश्वरका नासु घुस सहित अख्तियारको नियन्त्रणमा

sarusaru
२० माघ २०७५, आईतवार ०७:१४

काठमाडौं– महोत्तरी जिल्ला मालपोत कार्यालय जलेश्वरमा कार्यरत नायव सुब्ब ढक बहादुर कार्की घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई १० हजार घुस रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

नायव सुब्बा ढक बहादुर कार्किले जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्क गरेबापत सेवाग्राहिसँग घुस लिएको बताईएको छ ।
शनिवार महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरबाट पक्राउ परेका कार्किमाथी थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।