१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसदीय सुनुनवाई समिति बैठक काँग्रेसले यसकारण गर्यो बहिस्कार

sarusaru
२० माघ २०७५, आईतवार ०९:२७

काठमाडौं– नेपाली काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् । काँग्रेस सांसदहरुले राजदुतहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन् । उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संबैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् ।
समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् ।