१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारमा काँग्रेस मुसा बन्यो : सिह

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७३, शनिबार ०९:५७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो— काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले “स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,” भन्दै काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताउनुभयो ।

पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उहाँले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था हो भन्नुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।