११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए ९ औं विश्व सम्मेलन: यस्तो छ निर्वाचन समीकरण


२० माघ २०७५, आईतवार १३:०५

‘केन्द्रीय निर्वाचन आयुक्तमा रिजाल’

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन अगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने भएको छ ।
संघको जनवरी महिनामा सम्पन्न पूर्ण बैठकले विश्वभर छरिएका ८० वटा राष्ट्रिय समितिलाई केन्द्रिय सदस्यता वितरण प्रणालीमा आबद्ध गर्दै ती समितिहरुलाई निर्वाचनको तयारी गर्न निर्देशन समेत दिएको छ ।

यस्तै संघले ९ औं महाधिवेशनको लागि कानुनविद् शिव रिजालको संयोजकत्वमा एक निर्वाचन समिति समेत घोषणा गरिसकेको छ ।
गैरआवासीय नेपाली संघ अमेरिका, युके लगायतका राष्ट्रिय समितिले सदस्यता वितरणलाई तीब्र पार्दै लगेका छन् । संघको नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो महाधिवेशनको लागि कतिपय उम्मेदवारहरु आ–आफ्नो तयारीमा लागेका छन् ।

संघका वर्तमान अध्यक्ष भवन भट्टले अगामी कार्यकाल दावी गर्नेमा निकै झिनो सम्भावना रहेको उनी निकटवर्तीहरुले बताएका छन् । उनका एक निकटवर्तीका अनुसार भट्टले आफूले चुनावी मुद्दा बनाएर आएका प्रमुख एजेन्डाहरुलाई आफ्नो कार्यकालमा सफलता पूर्वक सम्पन्न गर्ने योजनालाई पहिलो प्रथामिकतामा राखेका छन् ।

उनी एनआरएन भवन, शंखमुल पार्क र लाप्राक नमुनावस्तीको काम आफ्नै कार्यकालमा सम्पन्न गरी छाड्ने अडानमा छन् । स्रोतका अनुसार भट्टलाई पुनः नेतृत्व लिनको लागि दवाद दिन केही पूर्व एनआरएनहरु काठमाडौंमा सकृय रहेको वताइएको छ ।

शंखमुल पार्क र एनआरएन भवनको काम पूर्णरुपमा सम्पन्न भैसकेकाले उनको ध्यान लाप्राक नमुना बस्तीमा केन्द्रित रहेको वताइन्छ ।

भट्ले आगामी कार्यकाल दोहोर्याउने विषयमा सार्वजानिक रुपमा मुख नखोले पनि आफू निकटवर्तीहरुलाई दोस्रो कार्यकालको नेतृत्व लिए पनि अर्को फूली नथपिने भन्दै नउठ्ने जनाउ दिएका छन् ।
कतिपयले वर्तमान उपाध्यक्ष कुमार पन्त र भट्ट बीच भएको ‘भद्र सहमति कार्यान्वयनप्रति भट्टप्रतिबद्ध रहेको समेत आकलन गरेका छन् ।

संघको ८ औं महाधिवेशनमा पन्त र भट्ट बीचको उक्त सहमति भएको एनआरएन भित्र चर्चामा रहेको थियो । दुई जना बीचको सहमति र बरिष्ट उपाध्यक्षको हैसितमा पन्तलाई आगामी निर्वाचनमा स्वतः अध्यक्ष पदमा दावी गर्ने बाटो खुलेको हो ।

संघको निर्वाचनमा अध्यक्ष पदमा क–कस्ले उम्मेदवारी घोषणा गर्छ् भन्ने अहिलेनै एकिङ नभए पनि अन्य पद सुरक्षित गर्ने उद्देश्यले अध्यक्षमा च्याखे थाप्न (रणनितीक उम्मेदवारी) आउने सम्भवना पनि उत्तिकै छ ।

संघमा सामान्यतया दुई कार्यकाल उपाध्यक्ष पद समालेको व्यक्तिले नेतृत्व समाल्ने प्रचलन अनुरुप वर्तमान उपाध्यक्ष कुल आचार्यलाई समेत पुनः उपाध्यक्षको नेतृत्व समालेर अर्को १० औ अधिवेशनमा बलियो उम्मेदवारको रुपमा बाटो खुल्ने छ । तर आचार्यले निकटवर्तीहरुलाई यसै अधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने वताउँदै आएका छन् ।

संघको आगामी महाधिवेशन ठूलो संख्यामा उपाध्यक्षको लागि निर्वाचन हुने भएको छ । निर्वाचनमा १ महिला उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष पदमा निर्वाचन हुने वताइएको छ ।
उपाध्यक्ष पदको संख्या धेरै भएकोले सबैलाई समेट्न सकिने पद सिर्जना भएकाले अध्यक्षमा समेत सर्वसम्मत हुन सक्ने धेरैको अनुमान रहेको छ ।

उपाध्यक्ष पदमा वर्तमान महासचिव डा. बद्रि केसी, सोनाम लामा, आरके शर्मा, किरणबिक्रम थापा, हिक्मत थापा, अर्जुन श्रेष्ठ, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, रजनी प्रधान, जानकी गुरुङ लगायतको चर्चा छ ।

संघको अन्य पदाधिकारीमा अहिलेनै धेरै चर्चा नभए पनि संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मालाई महासचिव पदको प्रमुख दावेदार मानिएको छ । तर शर्माले अहिलेसम्म औपाचारिक रुपमा मुख खोलेका छैनन् ।

संघको अन्य पदाधिकारीको आकांक्षीमा गैरी जोशी (अमेरिका) रामशरण सिम्खडा (युके), महेश श्रेष्ठ (जापान), कृष्ण तिमल्सिना (युके), खगेन्द्र जिशी (अमेरिका), भूषण घिमिरे (जापान), संगिता मरहठ्टा (युके), धर्मराज अधिकारी (अष्ट्रेलिया), किरण थापा (जापान) शिव बरुवाल (बेल्जियम), एकराज गिरी (स्पेन), धारम केसी (साउदी अरब ), डीबी क्षेत्री (युएइ),गोविन्द गौतम (रसिया) सोम सापकोटा (युके), गोपिकृष्ण काफ्ले (क्यानाडा) छन् ।

संघको अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) को लागि महासचवि १, सचिव २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, क्षेत्रिय संयोजक, उपसंयोजक, महिला संयोजक तथा उपसंयोजक, यस्तै युवा संयोजक तथा उपसंयोजकको निर्वाचन हुने प्रावधान रहेको छ ।