१३ बैशाख २०८१, बिहीबार
Follow Us

क्रिकेटमा नेपालको सफलतापछि उपराष्ट्रपति र प्रचण्डले दिए बधाई

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार १४:५२

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सृङ्खला जितेर ईतिहास बनाएकोमा खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम, प्रशिक्षक र सम्पूर्ण नेपालीहरुलाई बधाई दिएका छन् ।
एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले नेपाली क्रिकेटमा नयाँ ईतिहास रचेर सारा नेपालीलाई खुशी दिएकोमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत तमटा, कप्तान पारश खड्का र सदस्यहरुप्रति विशेष धन्यवाद सहित सम्मान व्यक्त गरेका छन् ।
उनले प्रतियोगिताको क्रममा अन्तर्राष्ट्रियमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरा लगायत विभिन्न रेकर्ड बनाउने खेलाडीहरुलाईपनि बधाई तथा धन्यवाद दिएका छन् ।
उनले सिमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीहरुलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्दै नेपालले छिट्टै एक दिवसीय र टि–२० विश्वकप खेल्ने विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिले क्रिकेट लगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका
यस्तै नेकपा अध्यक्ष प्रचण्डले पनि नेपाली खेलाडीलाई बधाई दिएका छन् ।