१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाले सचिवालय बैठक बोलायो

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार १५:४०

काठमाडौँ–नेकपाको सचिवालयको बैठक सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो ।