७ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारले गर्यो पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार १५:४९

काठमाडौँ– सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक÷एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको मन्त्रालयका सूचना अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए ।

पानीजहाज ऐन २०२७ अनुसार गठन हुने कार्यालय काठमाडौँमै रहने जनाइएको छ ।