१५ बैशाख २०८१, शनिबार
Follow Us

सरकारविरुद्ध काँग्रेस सडकमा

sarusaru
२१ माघ २०७५, सोमबार ०६:०९

काठमाडौँ– नेपाली काँग्रेसले सरकारविरुद्ध सोमबार देशभर शक्ति प्रदर्शन गर्दैछ ।

काँग्रेसले विरोध प्रदर्शनमा वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा आयोगहरूमा अध्यक्षको नियुक्ति सिफारिस जस्ता विषयलाई प्राथमिकता दिएको छ ।
यी एजेण्डासहित काँग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको जनाएको छ ।
विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले आफ्नो गृह जिल्ला छानेका छन् ।

साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णय विरोध प्रदर्शनको मुद्दा बनाएको काँग्रेसले जनाएको छ ।