१५ चैत्र २०८०, बिहीबार
Follow Us

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

sarusaru
२१ माघ २०७५, सोमबार ०६:२१

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले दुई फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट साविक गेडहीगुढी गाविस घर भई हाल तनहुँको व्यास नगरपालिका–४ बस्ने २३ वर्षीय बाबुलाल धोती भन्ने बाबुलाल शाह र व्यास नगरपालिका–१२ बस्ने विनोद पन्थ रहेका छन् ।

शाहलाई ज्यान मार्ने उद्योगअन्तर्गत र पन्थलाई बहुविवाह मुद्दाअन्तर्गत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । विसं २०७४ भदौ २० गते राति दमौलीस्थित ड्राइभ इन होटलमा वीरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रही बाबुलाल फरार रहेका थिए ।

विनोदलाई भने तनहुँ जिल्ला अदालतले २०६३ सालमा बहुविवाह मुद्दामा एक वर्षको कैद फैसला गरेको थियो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ ।
डिसी नेपाल