१३ बैशाख २०८१, बिहीबार
Follow Us

यी बलिउड जोडी : जसको प्रेमभन्दा ब्रेकअप चर्चित भयो

sarusaru
२१ माघ २०७५, सोमबार ०६:३४

मुम्बई –बलिउड फिल्ममा कयौ सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्य केही जोडी पर्दामा मात्र होइन । रियल जिन्दगीमा पनि रिलेशनसिपमा रहेन गर्दछन् ।
निजी जिन्दगीमा यी कलाकारको रिलेशनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज हामीले जोडीको चर्चा गर्न खोजेका छौ, जसको अफेयर भन्दा ब्रेकअप बन्यो चर्चित ।

विवेक ओवराय र ऐश्वर्या राय
सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्या विवेकसँग नजिकिएकी थिइन् । यी दुबैको रिलेशनसिप निर्कै चर्चामा पनि र्हयो । तर यी दुबैको सम्बन्ध लामो समय टिकेन । ब्रेकअपको खबरले झन् सन्नसनी मच्चायो ।

रणवीर कपुर र दीपिका पादुकोण
एकसमय बलिउडको सबैभन्दा सुन्दर जोडीमा गनिन्थ्यो रणवीर र दीपिकाको जोडी । यी दुबै सम्बन्धको बिषयमा सिरियस पनि थिए । बिवाहसम्म कुरो पुगेको थियो । तर ब्रेकअपमा पुगेर सम्बन्ध सकियो ।

शाहिद कपुर र करीना कपुर
पर्दामा यी दुबैको जोडी जति सुन्दर देखिन्थ्यो । असल जिन्दगीमा पनि त्यस्तै होस् भन्ने चाँहना धेरैको थियो । दुबैका बिच एकसमय प्रेम पनि थियो । विवाहसम्म कुरो पुगेको यो जोडीको पनि ब्रेकअप भयो ।

सिद्धार्थ मल्होत्रा र आलिया भट्ट
पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर’को सेटमा सिद्धार्थ र आलिया पहिलो पटक भेटेका थिए । त्यही दुबैको प्रेम टुसायो । लामो समयसम्म रिलेशनसिपमा रहे । तर दुबैको ब्रेकअफ भयो । यी दुबैको रिलेशनभन्दा ब्रेकअफ निकै चर्चाको बिषय बन्यो ।

रणवीर सिंह र अनुष्का शर्मा
बलिउडमा धेरै मन पराइएको जोडीमा पर्दछन् अुनुष्का र रणवीर । करिब तीन बर्ष दुबै रिलेशनसिपमा रहे । ब्यक्तिगत कारणमा मनमुटाव बढेका कारण दुबैको ब्रेकअप भयो ।

जोन अब्राहम र बिपाशा बसु
जोन र बिपाशाको रिलेशनसिप करिब ९ बर्ष चल्यो । दुबैको बिवाह हेर्न धेरैको इच्छा थियो । तर सबैको चाँहना लत्याउदै दुबैले ब्रेकअप लिए । बिपाशाको बिग्रदो चलचित्र करियरका कारण ब्रेकअप भएको समाचार बाँहिर छायो ।

विक्रम भट्ट र सुष्मिता सेन

पुर्व मिस युनिवर्स सुष्मिता सेनले खुलेरै निर्देशक विक्रम भट्टसँगको सम्बन्धको बारेमा बोलेकी थिइन् । तर यो सम्बन्धपनि छोटो समयमै टुङ्गियो ।