१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय

sarusaru
२१ माघ २०७५, सोमबार ०९:१७

काठमाडौं– नेकपाले तल्लो तहको एकीकरणसम्बन्धी सुझाव दिन गठित कार्यदललाई मंगलबार (आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
सोमबार बसेको सचिवालयको बैठकले सो निर्देशन दिएको हो ।
नेकपाले पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धि थाँति काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको नौं सदस्यीय कार्य दल गठन गरेको थियो ।
सोही कार्य दललाई आफ्नो प्रतिवेदन मंगलबारसम्म बुझाउन निर्देशन दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।