११ बैशाख २०८१, मंगलवार
Follow Us

वाइडबडी प्रकरणको विरोध गर्न काँग्रेसले बनायो डमी जहाज (फोटोफिचर)

sarusaru
२१ माघ २०७५, सोमबार ११:२४

नेपाली काँग्रेसले राजधानी सहित देशभर सरकारविरुद्द प्रदर्शन गरेको छ । काठमाडौंमा शान्तिबाटीकामा प्रदर्शन गरियो । सो क्रममा काँग्रेसले वाइडबडी प्रकरणको विरोध गर्न डमी जहाज नै प्रदर्शन गर्‍यो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थन प्राप्त सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्।

सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विधिको शासनमा चुकेको आरोप लगाए।

‘राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिन्छन्। त्यो समयमा यो सरकारले विदा लिन्छ,’ उनले भने।

वाइड बडी खरिदमा भ्रष्टाचार छानबिन नगरेको, मेलम्ची निर्माण कार्य छिटो पूरा नगरेको, रानी पोखरी पुनर्निर्माण नगरेको, जनताको सुरक्षा गर्न सरकार असफल भएको भन्दै सिंहले सरकारको आलोचना गरे।

‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ,’ उनले भने, ‘संविधान कार्यान्वयन कम्युनिष्टले नसके कांग्रेसले गर्छ।’