१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियममा सरकारविरुद्ध विरोध


२१ माघ २०७५, सोमबार १९:१६

बेल्जियम । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेल्जियममा समेत विरोध गरिएको छ ।

बेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार ब्रसेल्सस्स्थित नेपाली दूतावासमा जम्मा भएर सरकारको विरोध गर्दै सरकार बिरुद्ध ज्ञापनपत्र दिए ।
नेपाली जनसम्पर्क समिति बेल्जियका सभापति शुवास गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बेल्जियका लागि नेपाली राजदूत लोक बहादुर थापा मार्फत प्रधानमन्त्री केपी ओलीलाई ९ बुँदे विरोधपत्र पेश गरेको थियो ।

ज्ञापनपत्रमा, वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको न्यायिक छानविन गर्नुपर्ने, संवैधानिक परिषदले गरेका सम्पूर्ण निर्णय तत्काल खारेजी गर्नुपर्ने, निर्मला पन्त हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने, ३३ किलो सुन काण्डका अभियुक्तलाई कारबाहीको दायरामा ल्याइनुपर्ने, विदेशमा रहेका नेपालीहरुको लागि आगामी निर्वाचनमा मतदानको ग्यारेन्टीको माग गरिएको छ । ज्ञापनपत्र दिन नेपाली जनसम्पर्क समिति युरोपको महासचिव गंगाधर गौतम, एनआरएन केन्द्रिय सदस्य पदम गुरुगं, महामन्त्री अनुजा प्रधान, जुमकाजी गुरुगं, किरण खवास लगायतको उपस्थिती थियो ।