१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो

नेपालब्रिटेन डट कम्
२२ माघ २०७५, मंगलवार ०२:३८

काठमाडौं– तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी, खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घट्दो अवस्थामा रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

पत्रिकाका अनुसार १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको स्टिल र सिमेन्ट बिक्री ७–८ प्रतिशतले घटेको छ ।

मोबाइल बिक्री ६० प्रतिशत, मदिराको बिक्री २५ प्रतिशत, गाडी बिक्री ५० प्रतिशतसम्म घटेको छ ।

दैनिक उपभोग्य वस्तुको बिक्री निराशाजनक रहेको र रेस्टुरेन्ट तथा बारको व्यवसाय पनि घट्दो अवस्थामा रहेको छ ।