१५ बैशाख २०८१, शनिबार
Follow Us

नेविसंघ अध्यक्ष महरसहित ६ जना वानेश्वरबाट पक्राउ


२२ माघ २०७५, मंगलवार ०७:४१

काठमाडौं–नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँ वानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले पोखरामा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै वानेश्वर हुँदै जिल्ला प्रशासन कार्यालय जाने क्रममा महरसहित उपाध्यक्ष नवीन राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
उनका अनुसार पोखरामा पक्राउ परेका कार्यकर्तालाई हिरा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम थियो ।
पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको जनाइएको छ ।