१५ चैत्र २०८०, बिहीबार
Follow Us

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट

sarusaru
२२ माघ २०७५, मंगलवार १०:१६

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भइरहेको बताए । उनले विभिन्न माध्यामबाट दुईदेशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए ।
उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउनु हुँदै साउदी अरबियालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँनुहुँदै उपराष्ट्रपतिले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा राखे ।
‘भ्रमण वर्षमा साउदीबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार प्रसार र प्रोत्सान गर्नेमा पनि विश्वस्त छौँ ।’ उनले आगामी मार्चमा नेपालले आयोजना गर्ने लगानी सम्मेलनमा साउदीका लगानीकर्ताहरु उल्लेख्य मात्रामा उपिस्थत हुने विश्वास व्यक्त गरे ।