६ बैशाख २०८१, बिहीबार
Follow Us

आदित्य धरको निर्देशनमा बनेको उरीः द सर्जिकल स्ट्राइकले २४ दिनमा १८९ करोड भारुभन्दा बढी कमाइ

sarusaru
२२ माघ २०७५, मंगलवार १०:२०

आदित्य धरको निर्देशनमा बनेको उरीः द सर्जिकल स्ट्राइकले २४ दिनमा १८९ करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ ।
विक्की कौशल, यामी गौतम, परेश रावल र माहित रैनाको प्रमुख भूमिका रहेको उक्त फिल्म भारतीय सेनाले पाकिस्तानी सीमाभित्र प्रवेश गरेर गरेको अकस्मिक हमलाको वास्तविक घटनामा आधारित छ ।
भारत प्रशासित जम्मु काश्मिरतर्फ रहेको उरीमा रहेको भारतीय सेनाको क्याम्पमा पाकिस्तानमा शरण लिइरहेका आतंकवादीहरुले हमला गरेका थिए । यसमा १९ भारतीय सैनिकको ज्यान गएको थियो ।
त्यसको एक हप्तापछि भारतीय सेनाले भारत–पाकिस्तान सिमाना पार गरेर जवाफी कारबाही गरेको थियो ।
सोही घटनामा बनेको फिल्म भारतमा लोकप्रिय बनेको छ । फिल्मको लोकप्रियतामा भारतको केन्द्रीय सरकारको पनि महत्वपूर्ण भूमिका देखिन्छ ।
जनवरी ११ मा प्रदर्शनमा आएको फिल्मको ‘वर्ड अफ माउथ पब्लिसिटी’ पहिले नै राम्रो थियो । त्यसमाथि भारतीय प्रधानमन्त्री र सरकारका अन्य प्रमुख मन्त्रीले फिल्म र यसको संबादहरुलाई सार्वजनिक कार्यक्रमहरुमा उल्लेख गर्न थालेपछि यसको ‘पब्लिसिटी’ ह्वात्तै बढ्न गयो ।
सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईमा भारतीय फिल्मसम्बन्धी एक संग्राहलयको उद्घाटनको दौरान फिल्मको संवाद उल्लेख गरेका थिए ।