१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रेस सेन्टरको अध्यक्षमा दाहाल

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७३, आईतवार ०४:४८

काठमाडौं । प्रेस सेन्टर, नेपालको पहिलो एकता सम्मेलनले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भेलाले पत्रकार महेश्वर दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराम यादव चयन हुनुभएको छ ।

यस्तै, महासचिवमा विष्णु सापकोटा, सचिवमा ९खुला र समावेशी० ओपेन्द्र शर्मा, उपेश महर्जन, मनोज घर्तीमगर, गोमा घिमिरे, रवि श्रेष्ठ, प्रभा बोगटी, आस्था केसी, लक्ष्मण खड्का, एसपी थापा, सुरेश यादव, विजय गौतम, पहल साउद, मणि विक, राजेश चाम्लिङ र मनिषा श्रेष्ठ हुनुहुन्छ । कोषाध्यक्षमा सुरेश अधिकारीलाई चयन गरिएको निर्वाचन समितिका प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।