१५ बैशाख २०८१, शनिबार
Follow Us

३३ वर्षपछि ब्रिटीस आर्मीमा नेपाली युवा सर्वाधिक छनोट


२२ माघ २०७५, मंगलवार १५:४३

लन्डन– सन् २०१९ का लागि बेलायती सेनामा खुलाइएको भर्नाको नेपालमा छनोट प्रक्रिया सम्पन्न भएको छ । सो छनोट प्रक्रियाबाट ३३ वर्षयताकै सर्वाधिक नेपाली युवा छनोटमा परेका छन् ।
फोर्स डटनेट नामक अनलाइनका अनुुसार गएका सेम्टेम्बरमा भएको क्षेत्रीय छनोट प्रक्रियामा १० हजार जनामध्येबाट अन्तिम मूल्यांकनका लागि ५८० लाई पोखरा बोलाइएको छ ।
बेलायती पक्षले ब्रिटीस आर्मीमा नेपाली युवाको सहभागिता संख्या बढाउने सहमति अनुसार सर्वाधिक छनोट गरिएको हो ।

समाचार अनुसार यसअघि लिइँदै आएको ३२० जनाको सट्टा ३३ वर्षपछि अब ४०० जना भन्दा बढी नेपाली युवा भर्ती हुने निश्चित भएको छ ।
अन्तिम मूल्यांकनमा विभिन्न परीक्षणहरु हुनेछन् ।