८ बैशाख २०८१, शनिबार
Follow Us

‘विवादै विवादमा स्पेनस्थित नेपाली दूतावास, एनआरएन नेतालाई कडा चेतावनी’


२२ माघ २०७५, मंगलवार १६:३९

लण्डन –स्थापनाकालदेखि नै विवादै विवादमा फसेको युरोपको कान्छो राजदूतावास बनेको स्पेनस्थित नेपाली राजदूतले एउटा अचम्मलाग्दो विज्ञप्ति निकालेको छ ।
स्पेनस्थित गैरआवासिय नेपाली संघका एक अधिकारीले दूतावासको कमजोरीबारे फेसबुकमा स्टाटस लेखेपछि दूतावासले चेतावनीयुक्त भाषामा विज्ञप्ति निकालेको हो ।
सरकारले तत्कालिन राजदुत भरत बहादुर रायमाझीलाई फिर्ता बोलाएपछि परराष्ट्रका कर्मचारी हहिरकान्त पौडेलले दूतावास समाल्दै आए पछि झन विवादमा परेको हो ।

म्याड्रिडस्थित दूतावासले निकालेको सो विज्ञप्तिमा दूतावासको लेटरहेडमा गल्ती भएको स्वीकारेपनि स्टाटस लेख्ने एनआरएनका अधिकारीप्रति भने आक्रोश व्यक्त गरिएको छ ।

विज्ञप्तिमा एनआरएन युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले सामाजिक सञ्जालमा सोमबार पोस्ट गरेको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दूतावासले प्रेसलाई छाप्न दिएको ड्राफ्टमा नेपालको स्पेलिङ सही भएको भएपनि छपाइका क्रममा गल्ती हुन पुगेका उल्लेख छ । यस्तै गल्ती पाइएपछि ती लेटरप्याट प्रचलनमा नल्याइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

तर दूतावासलाई गल्तीबारे कुनै जानकारी नगराई एकाएक सामाजिक सञ्जालमा भ्रमम फैलाइएको भन्दै दूतावासले आपत्ति जनाउँदै यस्ता कार्यलाई सबैले निरुत्साहित पार्नुपर्नेमा जोड दिइएको छ । दूतावासले नेपालको एपेलिङ अंग्रेजीमा एनईपीएल लेख्नुपर्नेमा लेटरप्याडमा एईएपीएल लेखेको खुलासा भएको थियो ।

स्मरण रहोस् स्पेन दूतावसको भवन निर्माण लगायतका विषयमा भ्रष्टाचार भएको भन्ने चर्चा अझैं सेलाएको छैन ।

;दूतावासको प्रमुख जिम्मेवारी समालेका हरिहरकान्त पौडेल, यसअघि उनले पूर्वराजदूत रायमाझी माथि दूतावासभित्रै अपमानित गरेर विवादमा आएका थिए’