१५ चैत्र २०८०, बिहीबार
Follow Us

साईप्रसमा २८५५ औं सोनम ल्होसार

नेपालब्रिटेन डट कम्
२३ माघ २०७५, बुधबार ०५:५५

साईप्रस – तामाङ समुदायको पर्व २८५५ औं सोनम ल्होसार साईप्रसमा पनि मनाइएको छ । यूरोपको दक्षिण पुर्वमा पर्ने साईप्रसको लिमासोल भन्ने सहरमा तमाङ घेदुङ साईप्रस शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको हो ।
तमाङ घेदुङ साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रसका महाबणिज्यदुत डा.राम जीवन पंजियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवासीय नेपाली सघं साईप्रसका अध्यक्ष शुवास मल्ल लगाएत विभिन्न सघंसस्थाका प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो । ल्होसारको शुभकामना दिदै महाबिणज्यदुत डा. पंजियारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो