७ बैशाख २०८१, शुक्रबार
Follow Us

छोरी पढेर बेरोजगार हुँदैन : मुख्यमन्त्री राउत

sarusaru
२३ माघ २०७५, बुधबार ०६:४४

सिरहा । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अब छोरीले पढेर बेरोजगार भएर बस्न नपर्ने दाबी गरेका छन् । तामाङ जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारका अवसरमा सिरहाको गोलबजारमा मंगलबार आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् । प्रदेश सरकारले बनाएको प्रहरी ऐन तथा निजामती ऐनले महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरेको उल्लेख गर्दै उनले अब छोरीले पढेर बेरोजगार भएर वस्न नपर्ने दावी गरे ।
प्रदेश नं २ मा सबैभन्दा धेरै बढी दलित रहेको भन्दै दलित विद्यार्थीको लागि आवास र खानपिनको व्यवस्थासहितको उच्च शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको मुख्यमन्त्रीले जानकारी दिए । उनले सबै जातजाति, वेशभूषा र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।