१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चर्चित जनगायक जीवन शर्मा मसालबाट निलम्बित

sarusaru
२३ माघ २०७५, बुधबार ०७:२३

काठमाडौं– चर्चित जनगायक जीवन शर्मालाई मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले पार्टीबाछ निलम्बन गरेको छ ।

पार्टी हितविपरित गतिविधि गरेको आरोपमा उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।
पार्टीले स्पष्टीकरणसमेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।
शर्माको सिमली छायामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् ।
परिवर्तनका लागि उनले सांगीगित क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन् ।