१२ बैशाख २०८१, बुधबार
Follow Us

ट्रमले उत्तर कोरियाली नेता कीमलाई भेट्ने मिति घोषणा

नेपालब्रिटेन डट कम्
२३ माघ २०७५, बुधबार १५:२८

वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् ।

दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।

भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् ।

अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन ।

राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै पनि कीमले आणविक कार्यक्रम त्याग्नेमा विश्वास नगरेको बताएका थिए । उनले आणविक अस्त्र नै उत्तर कोरियाको मुख्य बाँच्ने आधार रहेको बताएका छन् ।