११ बैशाख २०८१, मंगलवार
Follow Us

फेसबुक मेसेन्जरमा झुक्किएर कसैलाई गलत सन्देश गयो ? अब डिलेट गर्न मिल्छ

नेपालब्रिटेन डट कम्
२३ माघ २०७५, बुधबार १६:५४

काठमाडौं — तपाईँ फेसबूकमा मेसेन्जरमा झुक्किएर कसैलाई गलत सन्देश पठाउँदा समस्यामा पनि पर्नुभएको हुनसक्छ । त्यो समस्याबाट धेरै प्रयोगकर्ताहरु गुज्रिरहेको थियो । कतिले फेसबुकले डिलेटको सुविधा राख्नुपर्ने माग गर्दै आएका पनि थिए । यही मागलाई सम्बोधन गर्दै फेसबुकले मेसेजिङ सर्भिस मेसेन्जरमा पनि ह्वाट्सयाप र इन्स्टाग्राम जस्तै पठाइएको मेसेज डिलिट गर्ने फिचर थपेको छ ।

फेसबूकले नयाँ सो फिचरलाई रिमुभ फर एभ्रिवन नाम दिएको छ । यो फिचर आएपछि अब मेसेन्जरमा पठाइएको मेसेजलाई १० मिनेटभित्र डिलिट वा अन्सेन्ड गर्न सकिनेछ ।

यसले ग्रूप च्याटमा पनि काम गर्नेछ । जसमा रिमुभ फर यु भन्ने अप्सन पनि छ जसमा मेसेजलाई तपाईंको आफ्नो च्याटबाट मात्र डिलिट गर्न मिल्छ ।

कसरी डिलेट गर्ने ?
नयाँ फिचर प्रयोग गर्नका लागि मेसेजमा ट्याप गर्नुपर्छ । त्यसपछि दुईवटा अप्सन आउनेछन् ।

पहिलो अप्सन रिमुभ फर एभ्रिवन हुनेछ । त्यसमा पठाइएको मेसेज सेन्डर र रिसिभर दुवैको इन्बक्सबाट हट्नेछ ।

अर्को अप्सन रिमुभ फर यु छ जसमा ट्याप गरेपछि मेसेज सेन्डरको इन्बक्सबाट हट्नेछ तर रिसीभरको इन्बक्समा मेसेज देखिनेछ ।

रिमुभ फर एभ्रिवनमा ट्याप गरेपछि एक वार्निङ मेसेज देखिनेछ जसलाई कन्फर्म वा क्यान्सिल गर्नुपर्नेछ ।