७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘ भन्सारमा नेपालीले दुःख पाउदा एनआरएन नबोलेको भन्दै आलोचना’


२३ माघ २०७५, बुधबार १७:०४

सरकारले भन्सारमा गरेको कडाइप्रति गत सोमबार सरकारले विदेशबाट नेपाल फर्केका नेपालीहरूबाट जफत गरिएको २ करोडभन्दा बढी मुल्य बरबारको सामानहरूको लिलामीको सूचना निकाल्यो ।

सरकारले विदेशबाट नेपाल फर्कंदा अधिकतम ५० ग्रामसम्मको गहना लगाएर वा लिएर जान पाइने, बढीमा एक लिटर वा एक बोटल रक्सी लान सकिने, एक एक थान ल्यापटप, कम्पुटर वा ट्याबलेट, घडी क्यामेरा, भिडियो क्यामेरा, सेलुलर, मोबाइल फोन लैजान पाइने झिटीगुन्टा आदेश जारी गरेको थियो ।

झिटीगुन्टा आदेश अनुसार तोकिएको भन्दा धेरै सामान ल्याएकोले जफत गरिएको प्रतिक्रिया दिएको छ । सरकारले भन्सारमा गरेको कडाइप्रति विदेशमा बस्ने नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरूले भन्सारमा भएको कडाइ व्यवहारिक नभएको भन्दै झिटिगुन्टा आदेश सच्याउनुपर्ने माग समेत गरेका छन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा गरिएको कडाइबारे संयुक्त अरब (इमिरेट्स) युएईका नेपालीहरू के भन्छन् ? यसै बीच विश्वभरी छरिएका नेपालीहरुको साँझ संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीवाट नेपाल फर्किएका नेपालीहरुले काठमाण्डौंस्थित विमानस्थलमा भोगको समस्याको वारेमा सरोकारवालासंग आवाज नउठाएको भन्दैं सामाजिक संजालकर्ताहरुले चर्को आलोचना गरेका छन् ।

गोपाल कँडेल, एनआरएन, मध्यपूर्व उपसंयोजक

एकजना नेपाली नागरिक जो स्वदेश छोडेर विदेसी भूमिमा काम गर्छ, अनि केही आर्थिक जोहो गर्छ । बचत रकमबाट आफ्नो घरायसी वा व्यक्तिगत जीवनको लागि काम लाग्ने सामान कानुनतः खरिद गरी आफ्नो देश जाँदा विमानस्थलबाट नै जफत गरिनु राम्रो हैन ।हरेक देशको नागरिकलाई आफ्नो सुविधाको लागि प्रयोग गर्ने सामान लैजाँदा यसरी जफत हुने नियम कहिँकतै देखिएको छैन । यसर्थ यस्तो विषयमा आवश्यक अध्ययन नै नगरी मेहनतबाट उपार्जन गरेको सामानमा एक हदबन्दी लगाइएको हो भन्ने सबैको बुझाई छ । सरकारले लागू गरेको नियमको खारेज हुनुपर्छ ।

मेघराज सापकोटा सचिव (पत्रकार महासंघ युएई शाखा)
म आफैँ पनि विदेशमा २ वटा मोबाइल चलाउँछु । नेपाल जानुपर्यो भने के गर्ने रु बुबाले ‘मोबाइल पठाइदे न छोरा’ भन्नुभएको छ । के गर्ने रु आम मजदुर जनताका यस्ता व्यवहारिक कठिनाइलाई सरकारले ध्यानै दिएन ।

काँचो सुन लैजान प्रतिबन्ध लगाएको छ । १०/२० ग्राम सुन लगेर बुढीआमा र श्रीमतीले भने बमोजिमको गहना बनाएर लगाउने सपना पनि सरकारले तुहाइदियो । इमान्दार जनताहरु सरकारको यस्ता पाल्सी नियमको मारमा परेका छन् । तस्करहरुले त अहिले पनि औंठी बनाएर लगिरहेकै छन् । आजकल त धेरैजनाले काँचो सुनलाई बेरुवा औँठी बनाएर लैजान थाले । हामी जस्ता इमान्दार प्रवासीलाई जबर्जस्ती तस्कर बन्न प्रेरित गर्ने नियम किन बनाउने रु

विलासिता वस्तुहरुमा भन्सार लगाउनु राम्रो हो । तर नयाँको त कुरै छोडौं, मैले प्रयोग गर्दै गरेको एउटा वासिङ मेसिन नेपाल लैजानुपर्यो भने ४० प्रतिशत कर तिर्नुपर्ने नियम बनाइदियो । मदिरा सेवन गर्नु ठीक हैन । तर पनि आजकल सबैले गर्छन् । सबैभन्दा बढी राजनीतिज्ञ र कर्मचारीले गर्छन् ।

विदेशमा नेपालमाभन्दा कता हो कता सस्तो छ । विदेशमा काम गर्नेहरुले २र४ बोतल ह्विस्की लगेको पनि सरकारले देखि सहेन । तस्करी पो रोक्नुपर्यो त, घरायसी प्रयोगको लागि किन रोक्ने रु किन दुःख दिने रु

चित्र केसी, पूर्वसभापती (जनसम्पर्क समिति)
रेमिट्यान्सले देश थामेको छ । अझैँ भएन भनेर विदेशबाट किनेर लगेको सामान मोबाइल, घडि, रक्सी जस्ता सामान बरामद गरेर लिलाम बिक्री गर्ने सरकार रु ४ अर्ब वाइडबडी जहाज काण्ड, ३३ किलो सुनकाण्ड, बुढीगण्डकी, एनसेल घोटाला काण्डमा अर्बौं रूपैयाँ भ्रष्टाचार हुँदा एक शब्द बोल्नु छैन । कार्बाही त परै जाओस्, विदेशमा बस्ने नेपालीको सेवासुविधा र सुरक्षाको बिषयमा कहिल्यै पनि चासो र ध्यान दिएको छैन । अवस्था कति जटिल र संवेदनशील छ, बुझ्ने प्रयास सरकारले गर्नुपर्छ ।

युवालाई रेमिट्यान्सको नाममा विदेश बेचेको छ, स्वदेश फर्काउने कुनै योजना र कार्यक्रम छैन । सरकारले नागरिकलाई सहज रूपमा सेवा सुविधा उपलब्ध गराउने हो । दुःख दिने र ठग्ने होइन रु सरकारको यो काम जनविरोधी हो ।

पासाङ रेन्जी शेर्पा, अध्यक्ष (आदीवासी जनजाती महासंघ, युएई)

नियमरकानुन भन्दा माथि कोहि हुँदैन । विदेशबाट आउने सबै नेपाली नागरिकहरुले सरकारले तोकेको झिटीगुन्टाको नियमअनुसार सामान मात्र ल्याउने हो भने समस्या नै आउँदैन । यहाँ झिटीगुन्टाको बहानामा यात्रुहरुलाई भरिया बनाएर सरसमान पैठारी गर्ने साना तस्करहरुको समेत कमी नभएको हुनाले राज्यको मुख्य आयको श्रोत मध्ये एक भन्सारमा कडाइ गरिनु आवश्यक छ । अर्बौं घोटाला गर्नेहरु फन्दामा नपर्ने, किलोका किलो सुन सजिलै छिर्ने । तर सामान्य यात्रुको एक बोत्तल अतिरिक्त रक्सी नछिर्ने बेथिती जनसाधारणलाई चित्त नबुझेको कुरा हो ।

उत्तम अधिकारी, संयोजक (अन्तर्राष्ट्रिय नेपाली समाज, युएई)

सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरेको सामानहरु लिलामीमा राख्यो भन्दा एउटा विदेशीएको नेपालीको नाताले दुःख लाग्यो । हामी नेपाली हौं र नेपालको प्रचलित कानुनले बर्जित गरेको कुनै कार्य गर्नुलाई उचित ठान्दिन र गर्दिन ।

तर विदेशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनी घर जाँदा आफन्तलाई उपहार स्वरूप लागेको एउटा मोबाइल, घडी, रेडियो, टिभीलगायत अन्य सामान र मदिराजन्य पदार्थ बरामद गर्नु लज्जास्पद छ । त्यसलाई बरामद नगरी निश्चित मात्राभन्दा बढी लागेमा राजश्व तिरेर लैजान पाउनुपर्ने व्यवस्था गर्नुको सट्टा जफत गर्ने जुन शैली अपनाउनु राम्रो हैन ।

विदेशीएका नेपालीको खुन पसिनाबाट आर्जित रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको बेला सरकारले प्रवासी नेपालीलाई अनेक बहानामा लुट्न खोज्नु गलत हो र यस्तो गलत कार्यको म प्रवासीको नाताले घोर आपत्ति गर्दछु ।

यथाशीघ्र सरकारले त्यस्ता तोकिएकोभन्दा माथि परिणाम जफत हैन, राजश्व तिरेर लैजान पाउने व्यवस्था गरोस र जफत गर्ने जुन निर्णय हो फिर्ता लियोस् भन्ने माग गर्दछु ।

बलराम बस्नेत, सेक्युरिटी सर्भिस युएई

दुःख लाग्यो सरकार । विदेश जाँदा बोकेको २ बट्टा अचार र फर्कंदा ल्याएको १ बोटल रक्सी समातेर लिलामी गर्दा ती ५० लाख विदेशिएका युवायुवतीले पठाएको रेमिट्यान्सले सरकार र देशको अर्थतन्त्र चलेको सर्वविदितै छ । लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर, समात्ने नै हो भने वाइडबडीमा ४ अर्बको भ्रष्टाचार गर्नेलाई गर । आयल निगममा १८ करोड खाने, एनसेलमा ६३ अर्ब अनि बुढिगण्डकीको ९ अर्ब खानेलाई समात्ने हिम्मत छ रु हैन भने गरिब जनताले विदेशमा रगत र पसिना कमाएर घर फर्कंदा एयरपोर्टबाट रुँदै निस्कुनु पर्ने किन त रु विदेश जाँदा मेनपावरले लुट्ने, मेडिकलले लुट्ने, दलालले लुट्ने, इन्स्योरेन्सले लुट्ने, अनि श्रमले लुट्ने, हेल्लो सरकार। गरिब जनतालाई सधैँ लुटिरहने र चुसिरहने रु

बिष्णु ढकाल, शिक्षक, युएई
विमानस्थलमा भन्सार कडाइ गर्नु आफैँमा सुखद पक्ष हो । तर, दुःख पसिना गरेर कमाएर घर फकिँदा उपहार स्वरुप लगिएको सामान विमानस्थलमा जफत गरेको भन्दा निकै दुःख चाहिँ लागेको छ ।
– रातोपाटीको सहयोगमा