१९ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेसका ७ राज्यमन्त्री भोलि थपिने

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७३, आईतवार ०४:५९

काठमाडौं । नेपाली कांग्रेसले भोलिसम्म ७ राज्यमन्त्री सरकारमा पठाउने भएको छ । सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको हो ।
पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको एक नेताले बताए । ‘संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन् ।’
सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन्। सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ। स्रोतका अनुसार पौडेलबाट तीन र सिटौलाबाट एक राज्यमन्त्री बन्ने सम्भावना छ।