१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती अधिराजकुमारीद्वारा आँखा अस्पतालको अवलोकन

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७३, आईतवार ०९:१९

काठमाडौं । बेलायती अधिराजकुमारी बिट्रिकाले स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गर्नुभएको छ । बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आज बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिनुभएको थियो ।

अधिराजकुमारीले विशेषगरी तालिमका लागि आँखा अस्पतालमा विभिन्न मुलुकबाट आउने चिकित्सकको तालिम कक्षको चासोपूर्वक अवलोकन गर्नाका साथै चिकित्सकसँग कुराकानी समेत गर्नुभएको थियो । अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी निकै उत्साही हुनुभएको थियो । आँखा अस्पतालले अन्य अस्पतालसँग पनि समन्वय गरी काम गरेकोप्रति उहाँले प्रशंसा गर्नुभएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु उत्साही भएको बताउँदै अस्पताललाई सहयोग आउने आशा व्यक्त गर्नुभयो ।

clw/fhs'df/Låf/f cjnf]sg a]nfotL dxf/fgL Plnhfj]ysL gfltgL Pjd of]s{sL /fhs'df/L lal6«sfn] cfOtaf/ laxfg ltnuªufl:yt cfFvf c:ktfndf cjnf]sg ug{'x'Fb} . tl:a/ M leid/fh cf]emf, /f;;
clw/fhs’df/Låf/f cjnf]sg
a]nfotL dxf/fgL Plnhfj]ysL gfltgL Pjd of]s{sL /fhs’df/L lal6«sfn] cfOtaf/ laxfg ltnuªufl:yt cfFvf c:ktfndf cjnf]sg ug{‘x’Fb} . tl:a/ M leid/fh cf]emf, /f;;