१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल बैक लिमिटेडले खोल्यो सबै प्रदेशमा कार्यालय, कुन प्रदेशमा , कुन प्रदेशमा कहाँ ?

sarusaru
२४ माघ २०७५, बिहीबार ०६:०३

नेपाल बैक लिमिटेड्ले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं ,प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ । यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको बैंकले जनाएको छ । स्
वि.सं. १९९४ सालमा स्थापित नेपालको अगुवा बैक नेपाल बैक लिमिटेड्ले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा उपलव्ध गराउंदै आएको छ ।