८ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनमा कार्लमार्क्सको समाधीस्थल तोडफोड


२४ माघ २०७५, बिहीबार १५:३७

लण्डन । महान विचारक कार्लमार्क्सको लण्डनस्थित समाधिस्थलमा तोडफोड भएको छ ।
आक्रमणकारीले हाइगेटमा रहेको समाधिमा रहेको मार्वलको पाटीमा क्षति पु-याएका छन् जुन सन् १८८३ को माक्र्सको मूल समाधिमा लगाइएको थियो । त्यसलाई सन् १९५४ मा स्मारक स्मारकसहितको समाधि निर्माण गर्ने क्रममा जस्ताको तस्तै राखिएको थियो ।
हाईगेट सिमेट्रीमा रहेको माक्र्सको स्मारकमा वर्षेनी लाखौं मानिसहरु भ्रमण गर्ने गर्छन् ।

हाइगेट सिमेट्रीले आफ्नो ट्वीटरमा राखेको माक्र्सको स्मारकको पछिल्लो तस्विरमा स्मारकको मार्वलमा कुदिएका अक्षरहरु र मार्वल आफैमा क्षति पु¥याइएको देखिन्छ ।
समाधिमा हतौडाको प्रयोग गरेर तोडफोड गरिएको बताइएको छ ।
‘फ्रेण्ड अफ हाइगेट सिमेट्री ट्रष्ट’का प्रमुख अधिकृत इयान डङभेलले समाधिमाथिको हमलालाई ‘घृणित कार्य’ भन्दै यो ‘राजनीतिक विरोध व्यक्त गर्ने सहि तरिका नभएको’ बताए ।