६ बैशाख २०८१, बिहीबार
Follow Us

जर्मनीमा इटालियन स्वादको रेस्टुरेन्ट

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७३, आईतवार ०९:२३

रोम– जर्मनीको मुन्स्टर शहरमा नेपालीहरूको लगानीमा दा आल्दा नामको ईटालीयन रेष्टुरेन्ट खुलेको छ । शहरकै ऐतिहासिक र अत्यन्त लोकप्रिय उक्त रेष्टुरेन्ट विगत तीस वर्षदेखि व्यवसायिक सफलताका साथ स्वदिष्ट खाना प्रस्तुत गर्दै आएको प्रवद्र्धकले बताएका छन् ।
जर्मनीको सुन्दर मध्येको एक शहर मुन्स्टरको मध्य भागमा अवस्थित रेष्टुरेन्टमा चार सय मानिसहरू एकैसाथ सेवा लिन सक्नेछन । आ आल्दाले इटालियन खानाका पारखीहरूलाई एउटै छानामुनि आबद्द गराउने सञ्चालक क्षेत्रकुमार श्रेष्ठले जानकारी दिए ।
यूरोपमा गैरआवासीय नेपालीहरुले व्यापार व्यवसायमा सफलता पाउँदै गएका छन् । जर्मनी, बेल्जियम, इटाली, बेल्जियम र नेदरल्याण्डमा थुप्रै नेपालीहरुको रेस्टुरेन्टको व्यवसाय फस्टाउँदै गएको छ ।