१४ बैशाख २०८१, शुक्रबार
Follow Us

माल्टामा एनआरएनएको शाखा गठन हुने


२४ माघ २०७५, बिहीबार १५:५७

लण्डन । गैरआवासीय नेपाली संघको माल्टा राष्ट्रीय समिति गठन हुने भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तका अनुसार १२ फेब्रोवरीमा त्यहाँस्थित नेपाली समुदायको एक भेलाले संघको नयाँ शाखा गठनको तयारी गरेको हो ।

सो भेलामा उपाध्यक्ष कुमार पन्त, युरोप संयोजक शिव वरुवाल, सहकोषाध्यक्ष सोम सापकोटा लगायत संघका पदाधिकारीहरुको समेत उपस्थित रहने छन् । करिब ५ लाख जनसंख्या रहेको माल्टालाई लण्डनस्थित नेपाली दुतावासले हेर्दै आएको छ । माल्टा नेपाली समुदायको समेत बाक्लो उपस्थित रहेको वताएको छ ।