June 6, 2020
9:54 PM | 2:39 AM

जब माछा खोज्दा अजिङ्गर भेटियो

  7th February 2019 मा प्रकाशित

झापा– झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।

आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।

प्रतिक्रिया