१५ बैशाख २०८१, शनिबार
Follow Us

‘लन्डनमा कविता कन्सर्ट सीजन २’


२४ माघ २०७५, बिहीबार १६:२९

लन्डन । लन्डनमा ‘कविता कन्सर्ट सीजन २’ को आयोजना गरिने भएको छ । गतवर्ष कविता कन्सर्ट सीजन १ को सफलता पछि वेलायतस्थित नेपाली समुदायतको आग्रहमा सीजन २ को आयोजना गरिन लागिएको कार्यक्रम संयोजक रामशरण सिमखडाले जनाए ।

क्षेत्री समाज बेलायतको आयोजनामा हुने सो कन्सर्टमा कवि नबराज पराजुली र गजलकार ईश्वर दाहालको विशेष प्रस्तुती रहने वताएको छ ।
कन्सर्टबाट संकलिन रकम महाभूकम्पको अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको टेकनपुस्थित कालिका माविमा विधुतीय पुस्तकालय निर्माणार्थ सहयोग गरिने जानकारी सिमखडाले जानकारी दिए ।

विद्यालयमा दुई कोठे भवन सहित विधुतीय पुस्तकालय स्थापनाको लागि सहयोग गर्ने आयोजकले जनाएको छ ।

वेलायतमा हुने अन्य कार्यक्रम भन्दा फरक शैलीमा नेपाली भाषा साहित्य र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको क्षेत्री समाज बेलायतका अध्यक्ष राजनकुमार क्षेत्रीले बताएका छन ।

कार्यक्रमबाट करिब १६ लाख रुपैयाँ बराबरको सहयोग संकलन गर्ने लक्ष्य रहेको कार्यक्रम सिम्खडाले बताएका छन ।
आगामी १७ मार्च आइतवारका दिन सांझ ५ बजेदेखि राती १० हुने सो कन्सर्टमा स्थानीय कवि तथा गजलकारहरुको समेत प्रस्तुती रहने छ ।