१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वाइफाईको पासवर्ड सुरक्षित राख्न यसो गर्नुहोस्

नेपालब्रिटेन डट कम्
२५ माघ २०७५, शुक्रबार ०२:२२

वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरूले एउटाबाट अर्कोमा वेब आदान–प्रदान गर्छन् । प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको छ । यसबाट बच्न भने सकिन्छ ।

– पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुहोस् । जसमा अंक, अक्षर, सिम्बोल आदि मिलाउनुहोस् । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन ।
– राउटरको डिफल्ट सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र आफ्नै नाम राखिदिएको हुन्छ । यसो गर्दा अनधिकृत प्रयोगकर्ताले सजिलै पासवर्ड पत्ता लगाउन सक्छन् ।
– सर्भिस सेट आइडेन्टिफायर (एसएसआइडी)को प्रसारण बन्द गर्नुहोस् । यसो गर्दा तपाईंको नेटवर्क एरियामा भएका अन्य डिभाइसलाई सूचना दिने गर्छ । यसको
प्रयोगबाट तपाईंले आफ्नो नेटवर्क लुकाउन सक्नुहुनेछ ।
– एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुहोस् । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।
– राउटरमा भएको फायरवाल इनेबल गर्नुहोस् । जुन प्रायः डिसेबल हुन्छ । त्यस्तै, हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रूपमा इनेबल गर्न सकिन्छ । यसले तपाईंको नेटवर्क पूर्ण रूपमा सुरक्षित हुन्छ ।
-नयाँ पत्रिकाबाट