४ बैशाख २०८१, मंगलवार
Follow Us

भेनेजुएलाकाे राजनीतिक संकटले नेकपामा दुई धार

नेपालब्रिटेन डट कम्
२५ माघ २०७५, शुक्रबार ०२:३२

काठमाडौं – भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि भनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् ।

दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए । दाहालले भने आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।